समाचार

५५ देशका लागि यात्रा प्रतिवन्ध फुकुवा गर्ने इजरायलको निर्णय

काठमाडौ । इजरायलले ५५ देशका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी यात्रा प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

अधिकांश अफ्रिकी देशहरूसँगै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट मुक्त हुने जनाइएको छ ।

संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जेनिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की भने रातो सूचीमै रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *