काठमाडौं । अस्ट्रेलियाले जारी एसेज सिरिज दुई खेल अघि नै जितेको छ ।
तेस्रो टेस्ट एक इनिंग र १४ रनले जितेर अस्ट्रेलियाले जारी सिरिज ३-० ले जित्दै एसेजमा कब्जा जमाएको हो ।
टेस्टको तेस्रो दिन पाहुना टोलि इङल्याण्ड आफ्नो दोस्रो इनिंगमा केबल ६८ रनमा अल आउट भएपछि अस्ट्रेलियाले इनिंगसहित १४ रनले खेल जितेको हो ।
इङल्याण्डको ब्याटिंग लाइनआप ध्वस्त गर्नेक्रममा पहिलो टेस्ट खेलिरहेका अस्ट्रेलियाका ३२ बर्षिय बलर स्कट बोल्याण्डले ६ विकेट लिएका थिए । बोल्याण्डले ४ ओभरमा एक मेडनसहित ७ रन दिएर ६ विकेट लिएका थिए । उनी यस खेलको प्लेयर अफ द म्याच बनेका छन् ।
यसअघि इङल्याण्ड आफ्नो पहिलो इनिंगमा १८५ रनमा अल आउट भएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २६७ रन बनाएको थियो ।
अब सिरिजको चौथो खेल जनवरी ५ देखि सिड्नीमा हुने छ ।




