खेलकुद

चौतारा हाफ म्याराथन २४ पुसमा

काठमाडौं।सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा ५ विधामा हाफ म्याराथन हुन लागेको हो ।

प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ वर्षसम्मको भेट्रान्स पुरुष , महिला र ५५ वर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ ।

आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । हाफ म्याराथनको पुरुष विजेताले ४४ हजार ४४४ तथा महिला तर्फकोले २२ हजार २२२ पाउनेछन् ।

प्रतियोगिताको दौड साँगाचोकगढीबाट सुरु भई उल्केनी, ईर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल आएर टुंगिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *