विश्व

राष्ट्रपति बाइडेनले भने- स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छु

सिन्ह्वा ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताउनुभएको छ ।अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उहाँले बताउनुभएको हो ।    

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँलाई सो अन्तर्वार्ताका क्रममा अर्काे निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उहाँले सो जवाफ दिनुभएको हो ।सो क्रममा उहाँले भन्नुभएको थियो– हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *