विश्व

होन्डुरसमा पहिलो महिला राष्ट्रपति निर्वाचित

सिन्ह्वा । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो ।    

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उहाँलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।    

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुन ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *