समाचार

संसदमा एमाले सांसदकाे नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।  

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घाेषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । 

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् । 

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *