खेलकुद

रोकियो रियल

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि यात्रामा ६ अंकको अग्रता बनाएको रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ ।

आइतबार राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले बल पोसेसनमा पकड बनाएपनि गोल गर्न सकेन । आधिकांश समय आफ्नो नियन्त्रणमा खेल राखेको रियलका कप्तान करिम बेन्जेमा, भिनिसिअस जुनियर र इडेन हाजार्ड अग्रपंक्तिमा चुकेका थिए ।

बराबरीसँगै रियल १८ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेका सेभिया ३७ अंकसहित दोस्रो स्थानमा छ । रियललाई रोकेको काडिज भने १४ अंकसहित १९औँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *