खेलकुद

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

काठमाडौं।स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेेकाे हाे ।

आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे ।

पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो ।

खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *