समाचार

मर्मतका लागि मनकामना केबुलकार चार दिन बन्द हुने

काठमाडौँ । मनकामना केबुलकार मर्मतका लागि चार दिनका लागि बन्द हुने भएको छ ।

आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।

मर्मत सम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । तर बन्द अवधिभरी केबुलकार बटम स्टेसन र रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ।

कम्पनीले केबुलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ।

चालु आर्थिक वर्षबाटै केबुलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। कम्पनीका अनुसार केबुलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *