खेलकुद

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।

माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५-० अन्तरले पराजित गरेको हो ।

सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए ।

माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रममा माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्‍याे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *