काठमाडौँ । यु-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । ढाकामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ६-०को शानदार जित निकालेको हो ।
नेपालको जितमा फरवार्ड रश्मीकुमारी घिसिङले २ गोल गरिन् । त्यस्तै, सविता राना मगर, कुशुम खतिवडा, रजनी ठोकर, सलोनी राना मगरले समान एकएक गोल गरे । नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन् ।
खेलको पहिलो हाफमा ३ गोल गरेर सानदार सुरुवात गरेको नेपालले दोस्रो हाफमा पनि थप ३ गोल गर्न सफल भएको हो । योसँगै नेपालले प्रतियोगितामा पहिलो जित हात पारेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।




