समाचार

केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे: राजनाथ सिंह

काठमाडौं । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् ।

भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही शक्ति छन् जसले भारतको नेपालसँगको सम्बन्धलाई बिगार्न चाहिरहेका छन् ।’

उनले भने, ‘सरकारी प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु, शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं तर, छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

नेपालसँग निकट सम्बन्ध राख्ने भारतीय रक्षामन्त्री सिंहको यो अभिव्यक्तिलाई भारतीय संचारमाध्यमले समेत महत्वका साथ प्रकाशन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *