विश्व

पुटिन र म्याक्रोनबीच फोनवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ ।

उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।

उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए । साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएका थिए ।

यस वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उनीहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *