विश्व

चीनमा पनि देखियो ओमिक्रोन

बेइजिङ । चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँको एक स्थानीय पत्रिकाले जनाएको छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएको छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ ।

अहिलेसम्म बेलायतमा ओमोक्रोनको संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *