काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको नकआउट चरणको ड्र सार्बजनिक गरिएको छ । राउण्ड १६ मा खेल्ने १६ टिमलाई समुहलाई समुह चरणका विजेता र उपविजेतालाई अलग अलग पटमा राखेर ड्र गरिएको थियो ।
जसमा समुह विजेता बनेका ८ टिममा म्यानचेस्टर सिटी, लिभरपुल, अयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्ट युनाइटेड, लिले र युभेन्टस रहेका छन् । त्यस्तै ८ टिमका उपविजेता टिममा पिएसजी, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि, इन्टर मिलान, बेनिफिका, रेड बुल साल्जबर्ग भिल्लारियल र चेल्सी रहेका छन् ।
राउण्ड १६ मा बेनिफिका रियल म्याड्रिडसँग खेल्ने भएको छ भने भिल्ला रियल र म्यानचेस्टर सिटीबीच खेल हुने छ । त्यसै गरी राउण्ड १६ मा एटलेटिको म्याड्रिड र बायर्न म्युनिखबीच खेल हुने छ भने रेड बुल साल्जबर्ग र लिभरपुलबीच राउण्ड १६ को खेल हुने छ ।
त्यस्तै इन्टर मिलान र अयाक्सबीच राउण्ड १६ को खेल हुने छ भने स्पोर्टिंग सिपी र युभेन्टसबीच राउण्ड १६ को खेल हुने छ । त्यस्तै चेल्सी र लिलबिच राउण्ड १६ को खेल हुने छ भने पिएसजी र म्यानचेस्टर युनाइटेडबीच राउण्ड १६ को खेल हुने छ ।
नकआउट चरणको पहिलो लिग फेब्रुअरी १६ र २३ मा हुने छ भने दोस्रो लिग मार्च ९ र १६ मा हुने छ ।
त्यसपछि क्वाटर फाइनलको ड्र मार्च १८ मा हुने छ ।




