खेलकुद

पुलिसमाथि संकटाको जित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे । निरजले खेलको १८औँ मिनेटमा गोल गरेका हुन् । लक्ष्मण रुचालको कर्नरमा उनले डाइभिङ हेडमार्फत् सुन्दर गोल गरे । निरजको लिगमा यो तेस्रो गोल हो । यस गोल जारी लिगको ५०औँ गोल समेत हो ।

यस जितसँगै संकटाले ४ खेलमा ८ अंक जोडेको छ । संकटाको यो लिगमा दोस्रो जित हो । पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । खेलमा संकटाका निरज म्यान अफ दि म्याच चुनिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *