वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।
तथ्याङ्क अनुसार अब प्रति दिन लगभग एक लाख ३ हजार नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।
यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनाबाट ८ लाख १३ हजारको मृत्यु भैसकेको छ भने अहिलेसम्म ५ करोडभन्दा बढी संक्रमित भएका छन् ।




