काठमाण्डाैं । हेलिकाेप्टर दुर्घटनामा भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नीकाे निधन भएकाे छ। उनकाे निधन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले समवेदना दिएका छन।
हेलिकाेप्टरमा १४ जना यात्रु थिए जसमध्ये १३ जनाकाे निधन भइसकेकाे छ भने एक जना ग्रुप क्याप्टेन वरूण सिंहकाे उपचार भइरहेकाे छ।हेलिकाेप्टर तमिलनाडुकाे कुन्नुर भन्ने स्थानमा दुर्घटना भएकाे थियाे।दुर्घटनापछि उनकाे सेना प्रमुखकाे अस्पतालमा उपचार हुदै गर्दा निधन भएकाे हाे । रावतकाे निधनपछि उनकाे घरमा पुगेर भारतीय रक्षामन्त्री राजनाथ सिह,सेनापति एमएम नरवणेले समवेदना दिएका छन।




