विश्व

बाइडेन र पुटिनबीच वार्ता, के विषयमा भयो छलफल ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताए ।

सलीभेनका अनुसार सम्मेलनमा बाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहोर्याएका थिए । युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ ।

रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ ।

उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *