समाचार

नेपालमा ८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (मंगलबार)सम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् ।

यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको सङ्ख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ ।

पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *