समाचार

बालकोटमा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् । अन्य बालबालिकाहरु खेलेर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेको बताइएको छ । आइतबार साढे ७ बजेतिर बलात्कार पछि उनी भागेका थिए ।

उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *