काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेसनका लागि सुरक्षा व्यवस्था मिलन एसपी दिनेशराज मैनालीको कमाण्डमा २ हजार प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ देखि २७ गतेसम्म हुने महाधिवेसनको सुरक्षा जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौंलाई दिइएको छ ।
काठमाडौं परिसरले एसपी मैनालीको कमाण्डमा प्रहरी परिचालन गर्न लागेको हो ।
प्रहरी परिचालनको जिम्मेवारी पाएको काठमाडौं परिसरले परिसरका साथै महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब, विभिन्न गणबाट प्रहरी व्यवस्थापन गर्दैछ ।
सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।




