शिक्षा / स्वास्थ्य

थप २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११४ र एन्टिजेन विधिबाट १ हजार ५०३ जनामा परिक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ८६० र एन्टिजेनबाट ९५ हजार ६१९ जना पुगेको छ ।

यस्तै, आज थप ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *