विश्व

राष्ट्रपति पुटिन सोमबार भारत आउँदै, रणनीतिक साझेदारीबारे छलफल होला ?

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् ।

नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नुहुने जनाइएको छ।

‘रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने,’विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसकेका छन् ।

शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *