खेलकुद

भारतले न्यूजील्याण्डलाई दियो ५४० रनको विशाल लक्ष्य

काठमाडौँ । भारतले जारी दोस्रो टेस्टमा न्यूजील्याण्डलाई ५४० रनको लक्ष्य दिएको छ । भारतले आफ्नो दोस्रो इनिंगमा ७ विकेट गुमाउदै २७६ रन बनाएर इनिंग घोषणा गर्दै न्यूजील्याण्डलाई ५४० रनको लक्ष्य दिएको हो ।

यस अघि भारतले पहिलो इनिंगमा न्यूजील्याण्डविरुद्ध २६३ रनको बढ्त बनाएको थियो ।

पहिलो इनिंगमा भारतले ३२५ रन बनाएको थियो भने न्यूजील्याण्डले आफ्नो पहिलो इनिंगमा खराब ब्याटिंग गर्दै केबल ६२ रन मात्र बनाएको थियो ।

खेलमा आजसहित अझै दुइ दिनको खेल बाँकी रहेकाले न्यूजील्याण्ड यो टेस्टमा हार उन्मुख देखिएको छ ।

५४० रनको विशाल लक्ष्य पछाएको न्यूजील्याण्डले यो समाचार तयार गरुन्जेल एक विकेट गुमाएर १३ रन बनाएको छ ।

दुइ खेलको सिरिजमा पहिलो खेल बराबरीमा सकिएको थियो ।

त्यसअघि खेलिएको टी-२० सिरिज भारतले ३-० ले जितेको थियो । यो टेस्टपछि न्यूजील्याण्डको भारत टुर सकिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *