समाचार

प्रदेश नं १ को मतगणना आज दिउँसोबाट हुने

विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।

बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली काँग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *