राजनीति

राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् । पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *