विश्व

पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे, १५१ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ ।

यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ भने ७३ जना नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ ।

पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ।

यस प्रान्तमा कुल २५,६०५ सङ्क्रमणका घटना दर्ता गरिएको छ । त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या १८,०७९ पुगेको छ ।

तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा उपचाररत छन् ।

डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *