शिक्षा / स्वास्थ्य

थप २३८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५२९५ र एन्टिजेन विधिबाट १५०२ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ३९२ र एन्टिजेनबाट ९५ हजार ५८७ जना पुगेको छ ।

यस्तै, आज थप ३९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार १०४ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *