काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन् । उनले ८ मन्त्रालय फुटाएर १४ बनाएका हुन् ।
मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ । अब बाग्मती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित आन्तरिक मामिला तथा कानुन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय भएका छन् ।
त्यस्तै संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार विकास, श्रम रोजगार तथा यातायात, यूवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय रहनेछन् ।




