काठमाडौं । डिपेन्डेन्ट भिसामा जापान जाँदै गरेका २६ नेपाली मलेसियाको एयरपोर्टमा अलपत्र परेका छन् । हिमालयन एयरलाइन्सले उनीहरुलाई मलेसिया पु¥याएर अलपत्र पारेको हो ।
हिमालयन एयरलाइन्सले बिहीबार बिहान १२ जना र साँझ १४ जनालाई मलेसियाको एयरपोर्टमा छोडेको थियो । त्यसमध्ये एकजना १८ महिनाको नाबालकसमेत रहेका छन् ।
अमेरिक्रोन भाइरसको संक्रमण फैलन नदिन जापान सरकारले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । एयरलाइन्सलाई यी कुराको जानकारी हुँदाहुँदै ती यात्रुलाई मलेसियासम्म किन उडायो भन्ने प्रश्नको जवाफ एयरलाइन्सले दिएको छैन ।
मलेसियाको एयरपोर्ट पनि लगभग ८० प्रतिशत बन्द रहेको बताइएको छ । बिहानदेखि रोकिए मध्यकी एक महिलाले सम्बन्धित सबै निकायमा बारम्बार सम्पर्क गरी कुरा गरिरहेकी थिइन् । तर उनको समस्या समाधान खोज्ने कसैले चासो नदेखाएको गुनासो गरिन् । उनीहरु उद्दारको पर्खाइमा रहेको ती महिलाले बताइन् ।




