राजनीति

रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन काठमाडौँमा जारी छ । महाधिवेशनको तेस्रो दिन (शुक्रबार) नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ ।

त्यसका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

शुक्रबार बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी पार्टी अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएकी हुन् । पार्टीमा एक महिलासहित ३ जना महामन्त्री रहने व्यवस्था छ ।

उनले २०७० सालमा तत्काली माओवादी पार्टीसँग जोडिएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी थिइन् । २०७३ मंसिरमा उनी कमल थापा नेतृत्वको तत्कालीन राप्रपामा प्रवेश गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *