विश्व

स्पेनमा ओमिक्रोन भेरिएन्टको तेस्रो सङ्क्रमण पुष्टि

म्याड्रिड । कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए ।

तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *