मिन्स्क । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रसियामा गाभिएको क्रिमिया प्रायद्धीप आफ्नो भएको दाबी गरेका छन् । लुकासेन्को रसियाको आरआइए नोभोस्तीसँगको अन्तर्वार्तामा क्रिमिया आफ्नो भूमि भएको दाबी गरेका हुन् ।
सन् २०१४ मा भएको जनमतसंग्रमा अधिकांशले क्रिमियालइ रसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए । तर, सो नतिजालाई किभ र पश्चिमा मुलकहरुले अस्वीकार गर्दै आएका छन् ।
यसैबीच, लुकासेन्कोको अभिव्यक्तिपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ भने रुसी राष्पुट्रपति भ्लादमिर पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएका छन् । रुसको सेना परिचालनसँगै रुसी आक्रमणको आशंका बढेको छ ।
बेलारुस रसियाको नजिकको मित्र हो । अधिकांश देशले अझै पनि क्रिमियालाई युक्रेनको अभिन्न अंग मान्दै आएका छन् ।




