राजनीति

चार वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु- कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन् । यस चारवर्षमा पार्टीलाई उचाइमा पुर्याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ ।

अध्यक्षको उम्मेदवारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए ।

थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन अध्यक्षको दौडमा छन् ।उनले उम्मेद्वारी घोषणा गरिसकेका छन् । लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित नेताहरुको समर्थन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *