विश्व

बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।

उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भनेका छन्– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबै जना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए ।

उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए। उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *