विश्व

सिएनएनले आफ्ना प्राइम टाइम एंकर क्रिस कुमोलाई किन सस्पेन्ड गर्यो ?

काठमाडौँ । अमेरिकी मिडिया सिएनएनले आफ्ना प्राइम टाइम एंकर क्रिस कुमोलाई अनिश्चितकालका लागि सस्पेन्ड गरेको छ ।

क्रिसले आफ्ना दाजु तथा न्यूयोर्कका पुर्व गभर्नर एन्ड्रयू कुमोमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सहयोग गरेको खुलासा भएपछि सिएनएनले उनलाई सस्पेन्ड गरेको हो ।

एन्ड्र्यु कुमोले गत अगस्टमा यौन दुर्व्यवहारको आरोप लागेपछि आफ्नो पदबाट राजीनामा गरेका थिए ।

सिएनएनले क्रिसले आफ्ना दाजुलाई सहयोग गर्नेक्रममा पत्रकारिताको इथिक्सलाई मिचेकोले सस्पेन्ड गरेको उल्लेख गरेको छ ।

न्यूयोर्कका महान्यायाधिवक्ताले सोमबार एन्ड्र्यु कुमोको यौन दुर्व्यवहार प्रकरणमा थप खुलासा गर्दै उनलाई बचाउन उनका भाई क्रिसले भूमिका खेलेको बताएका थिए ।

गतबर्ष पनि न्यूयोर्क कोरोनाको इपिसेंटर भएको बेला क्रिसले आफ्ना दाजु गभर्नर एन्ड्र्युलाई समर्थन गरेको आरोपमा अल्पकालीन प्रतिबन्ध लगाएको थियो ।

सिएनएनले हालै सार्बजनिक भएका डकुमेन्टमा क्रिसको संलग्नता आफुहरुले सोचेभन्दा बढी रहेको उल्लेख गर्दै यो विषय स्वीकार्य नहुने उल्लेख गरेको छ ।

क्रिसले सिएनएनसँग आफ्ना दाजुको प्रकरणमा आफुले सहयोग गरेर सिएनएनको नियम तोडेको स्वीकार गरेको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *