खेलकुद

राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो ।

मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *