विश्व

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

स्टकहोम । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।

स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् ।

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।

नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद् सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *