राजनीति

काँग्रेस जुम्ला सभापतिमा शाही विजयी

खलङ्गा । नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् ।

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनी विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताए ।

थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *