राजनीति

गौमुखी गाउँपालिकाअध्यक्ष गिरि कांग्रेस प्युठान सभापतिमा विजयी

प्युठान।नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् ।

मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् । गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए । गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *