रौतहट । रौतहटको फतुवा विजयपुर नगर कमिटीको अध्यक्षमा नेकपा एमालेका नेता तथा पुर्वमन्त्री प्रभु साहका स्वकिय सचिव बिजय यादव निर्विज सर्वसम्मत चयन भएका छन् ।
फतुवा विजयपुरमा सम्पन्न एमालेको प्रथम नगर अधिवेशनले ३० वर्षिय यादव सर्व सम्मत अध्यक्षमा चयन भएका हुँन् । नेकपा एमाले रौटहटको जिल्ला कमिटी सदस्य रहेका निर्विज चलचित्रकर्मी संघ प्रदेश २ का अध्यक्ष समेत हुँन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका व्यक्ती हुँन् ।
फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर घर भएका निर्विज एमाले रौतहटको सबै भन्दा कम उमेरका नगर कमिटि अध्यक्ष हुँन् । निर्विजसँगै कमिटीको उपाध्यक्षमा शेरबहादुर पटेल, सचिवमा उमाकान्त दाहाल, सह-सचिवमा सञ्जुदेवी साह समेत सर्व सम्मत चयन भएका छन् ।




