देश

वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित

जनकपुरधाम । केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका कर्मचारी आन्दोलित भएका छन् ।

सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

यता, सोमबार जनकपुरधाम-४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *