समाचार

मैले जिते तिनै तहकाे चुनाव कांग्रेसलाइ जिताउँछु : विमलेन्द्र निधि (२३ वुदे प्रतिज्ञापत्र )

नेपाली काङ्ग्रेसको १४औँ महाधिवशेनको सङ्घारमा हामी छौँ । विगत सात दशकदेखि देश र जनताको पक्षमा निरन्तर सक्रिय यस पार्टीको रुपान्तरण आजको मूल मुद्दा हो । तीनै तहको निर्वाचन सामुन्ने छ । ती सबै निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बहुमतका साथ विजयी गराई देशको मुहार फेर्नुपर्ने दायित्व हामीमा छ ।

लामो सङ्घर्ष र बलिदानबाट निर्माण भएको संविधानको सफल कार्यान्यवनसँगै लोकतान्त्रिक आन्दोलनका सहिद, सहिद परिवार, घाइते र विस्थापित भएका नेपाली काङ्ग्रेसका साथीहरूलाई उचित सम्मान र हिंसापीडितहरुलाई न्याय प्रदान गर्नु पनि मुख्य अभिभारा छ ।

आगामी महाधिवेशनमा मेरो उम्मेदवारी किन ?

आगामी तीनै तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बहुमतका साथ विजयी गराउन,

नेपाली काङ्ग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न,

नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काङ्ग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न,

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल कार्यान्वयन गर्न,

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन,

देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न,

जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारू, खस–आर्य,

अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली काङ्ग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न,

भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन,

नेपाली काङ्ग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान, सहिदहरूको स्मृतिसम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवद्र्धनका साथ काङ्ग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न,

लोकतान्त्रिक आन्दोलनका सहिदरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली काङ्ग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरुलाई न्याय प्रदान गर्न,

नेपाली काङ्ग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन,

पार्टीका सदस्यहरूमा पठनपाठन सँस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत काङ्ग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पुर्‍याउन,

संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउनका लागि,

नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न,

नेपाली काङ्ग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न,

पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन,

विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न

सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काङ्ग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण सँस्कृति विकास गर्न,

संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउनका लागि,

सोसलिष्ट इन्टरनेशनलसहित नेपाली काङ्ग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न,

छिमेकी मित्र राष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न,

जनतासँग काङ्ग्रेस र काङ्ग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न,

मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *