काठमाण्डाैं।नेपाली कांग्रेसले महाधिवेशनकाे लागि तयार पारेकाे आर्थिक समितिमा ब्यापारी र ठेकेदारकाे घुइचाे लागेकाे छ।समितिकाे संयाेजमा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीलाइ मात्र राखिएकाे थियाे तर अहिले यसलाइ विस्तार गरेर प्रशस्त मात्रामा ब्यापारी राखिएकाे छ। काग्रेसले उमेश श्रेष्ठ, दीपक खड्का, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाइ राखेकाे छ। साथै उसले दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्तेन गुरुङलाइ सल्लाहकार राखेकाे छ।




