समाचार

टेलिभिजन प्रसारण अनुमति नलिएको पतञ्जलीको स्वीकारोक्ति

काठमाडौं । रामदेवका टीभी च्यानल दर्ताबिना संचालन गरिएको बारे पतञ्जली योगपीठ नेपालले मुख खोलेको छ ।

योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर संचालक समितिको बैठकले टिभी संचालन सम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण लिइएको बताएका छन् ।

थप अनुमतिको लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाल टिभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको हो । सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात् योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणी आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाईतको लागि टिभी भवनको उद्घाटन गरिएको हो ।’

शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *