सम-सामयिक

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी जाँदै

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सुनसरी जाँदैछन्।

देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे सुनसरी आइपुग्ने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

प्रधानमन्त्री देउवाले गाउँपालिका भवन उद्घाटनसँगै पालिका परिसरमा निर्माण गरिएको बिपी सालिकको पनि अनावरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *