समाचार

मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

मोरङ । विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।

विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुखले बताएका छन् ।

शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो । तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार बिहान उनको मृत्यु भएको हो । मोरङ कारागारमा एक साता अघि पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *