धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाले घनकुटामा कांग्रेसको चार तारे झन्डाबाहेक अरु पार्टीको झन्डा फहराउन नदिने गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार निर्वाचन क्षेत्र (ख) धनकुटाको क्षेत्रीय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले छिन्ताङ सहिद स्मृति दिवसको अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिन्ताङ घटनाको जिम्मा नेपाली कांग्रेसले लिनुपर्छ भनेको विषयलाई जोड्दै छिन्ताङ घटनाको जिम्मा कांग्रेसले नलिने बताए ।
कुनै एक कालखण्डमा घटेको घटनाको कुनै पार्टी मात्र जिम्मेवार नहुने उल्लेख गरे । उनले यदि कांग्रेसले छिन्ताङ काण्डको जिम्मा लिनुपरे नेकपा एमालेले द्वन्द्वकालको सम्पूर्ण जिम्मा लिन तयार हुनुपर्ने बताए ।




