राजनीति

माओवादी केन्द्रको वडा अधिवेशनका लागि सबै तयारी सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *